शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सङ्क्रमितभन्दा निको हुने बढी, २ जनाको मृत्यु

शनिबार, २८ साउन २०७९, २१ : २०
शनिबार, २८ साउन २०७९

नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिडबाट ११ हजार ९८६ को मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र एन्टिजेन विधिबाट १०१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५०१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३४ पुगेको छ । देशभर थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप