शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थानकोटमा चिया पसल सञ्चालकलाई रड प्रहार गर्ने दुईजना पक्राउ

शनिबार, २८ साउन २०७९, १६ : ३७
शनिबार, २८ साउन २०७९

काठमाडौँको थानकोट स्थित चेकपोस्टमा चिया पसल सञ्चालकलाई रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन २४ मा दिउँसो १ बजे चिया पसल सञ्चालक २७ वर्षका राजु केसीलाई दुई जनाले रडले हानेर भागेका थिए ।

रड प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ घर भएर रानिवारी बस्ने सागर श्रेष्ठ र नुवाकोटको दुप्चेश्वर–२ घर भएर बाफल बस्ने अशोक बोगटी छन् । उनीहरूलाई डल्लु र रानिबारीबाट पक्राउ गरेर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

चिया पसल सञ्चालक चन्द्रागिरि नगपालिका–७ घर भएका केसीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । पल्सर मोटरसाइकलमा आएका दुई जनाले उनलाई टाउकोमा रड प्रहार गरेर भागेका थिए । रड प्रहार गरेर भाग्नेहरू १९ लटको मोटरसाइकल चढेर आएका थिए । सो क्लूको आधारमा प्रहरीले उनीहरूलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप