बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको कटाक्ष : बिचरा काँग्रेसको माया लाग्छ, लौरो टेक्दा नि नअडिएर प्रचण्ड खोज्दैछ

शनिबार, २८ साउन २०७९, १७ : ०१
शनिबार, २८ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले लोकतन्त्रलाई गलत दिशातर्फ लगेको बताएका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले लोकतन्त्रको गलत अभ्यास गर्दै मुलुकलाई द्वन्द्वतर्फ लैजान खोजेको आरोप लगाए । उनले चुनावमा प्रतिस्पर्धा भन्दा पनि शत्रुताको अभ्यास गर्न खोजेको उल्लेख गरे । 

अध्यक्ष ओलीले भने उनले भने–‘नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्छ । लोकतन्त्रमा शत्रुता गर्ने हैन । अस्तिको निर्वाचनमा हामीले देख्यौँ बुथ कब्जा गरे । मारामार गरे । भोट पाउनका लागि आफ्नै पल्ला घरको भाइलाई दिदीलाई मारेर पनि जित हुन्छ । त्यसैले मैले भन्नु गर्छु लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ शत्रुता हुँदैन ।  अहिलेको गठबन्धनवालाहरू प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन् । त्यो लोकतान्त्रिक तरिका हैन ।’

उनले चुनावमा शत्रुता नगरी प्रतिस्पर्धा गर्न आग्रह गर्दै जति कमजोरसँग शत्रुता गरेपनि द्वन्द्व सिर्जना हुने बताए । 

उनले भने–‘तपाईंले सानो मुसा समात्नुभयो भनेपनि त्यसले तपाईंको औला त टोक्छ नी । अलिकति कमजोर छ भनेर दमन गरेपछि त्यसले थोरै भए पनि हानी गर्न त खोज्छ नै । त्यसले समाजमा द्वन्द्व सिर्जना गर्छ । राजनीतिमा प्रतिस्पर्धा गरौँ न किन मारामार गर्ने ? त्यसकारण यो गठबन्धन एक्लै चुनाव लड्ने आँट नै गर्दैन ।’

एमाले अध्यक्ष ओलीले काँग्रेसप्रति कटाक्ष गर्दै आफ्नै खुट्टामा उभिन नसकेको आरोप लगाए । उनले भने–‘बिचरा काँग्रेस माया लाग्छ मलाई, हेर्दा हेर्दै काँग्रेस के भएको ? लौरो टेकेर पनि नअडिने भइसक्यो । खुट्टै टेक्न नसक्ने भइसक्यो अनि प्रचण्ड खोजेको अर्को खोजेको छ लौन भनेको छ । के भएको काँग्रेसलाई ? अर्को कुरा काँग्रेसले गलत नियतका मान्छेको सङ्गतमा हो कि वा आफ्नै नियतमा हो लोकतन्त्रलाई गलत दिशा लान खोजेको छ । जसले भोलि देशमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ । त्यसमा विदेशीले खेल्न सक्छ, देशभित्र परस्पर दुस्मनी भयो भने अरूले त्यसमा फाइदा लिन्छन् ।’

उनले काँग्रेसको दिमागमा केही नभएको बताए । बहुदल आएपछि २१ वर्ष सरकारमा बसे पनि काँग्रेसले गरेको एउटा पनि काम नरहेको बताए । कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली हानेर मार्छ भनेर हल्ला चलाउने गरेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप