मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ ।
सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मङ्कीपक्सको बारेमा निर्णय गरेको हो ।
विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र ती मध्ये केही मुख्य भेरियन्टहरुको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टुए र क्लेड टुबी रहेको जनाइएको छ । फैलिएको ठाउँका आधारमा यसको फेरियन्ट फरक फरक भएको र नाम पनि त्यही अनुसार फरक फरक राखिएको विज्ञहरुको टोलीले जनाएको छ ।
मङ्कीपक्सको नामाकरण भने यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो । अहिले त्यसको परिवर्तित स्वरुप फैलिदै गएको विज्ञहरुले बताएका छन् ।
मङ्कीपक्स नयाँ नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रुपमा यसलाई घोषणा गरेको छ । मङ्कीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ सङ्क्रमित भएका सङ्गठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश