शेखर समूहका नेताहरुले भने, ‘४० प्रतिशत चाहियो’
नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्। सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै सो समूह शनिबार छलफलमा नजुटेको थियो ।
काठमाडौँको बत्तिसपुतलीमा काँग्रेस नुवाकोटका पूर्व सभापति तथा युवा नेता जगदीश्वरनरसिंह केसीको संयोजनमा गरिएको बैठकमा दोस्रो तहका नेता सहभागी थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य,गुरु घिमिरे सहित युवा नेताहरू मनोजमणि आचार्य , केशव सिंह ,रञ्जित कर्ण , सुवास पोख्रेल ,डिल्लीराम सुवेदी , गोमा केसी , कुसुम थापा सहित ८० जनाको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलाको संयोजन गरेका नेता केसी भने, ‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय गर्नु नहुने भए भागबन्डामा जानुपर्ने अवस्था आयो ।’
‘न्यायोचित निर्णय गर्नुहुन भने ४० प्रतिशत चाहियो’ केसीले थपे, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा