मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दरीजलबाट बागमतीमा खसेका युवकको उद्धार

शनिबार, २८ साउन २०७९, १७ : ४४
शनिबार, २८ साउन २०७९

काठमाडौँको सुन्दरीजलबाट बागमतीमा खसेका युवकलाई प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सुनसरी घर भएका २७ वर्षका सन्देश कार्की बागमतीमा खसेका थिए । स्थानीयले मानिस नदीमा खसेको सूचना दिएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेत र विपद् उद्धार महाशाखाबाट खटिएका प्रहरीले कार्कीलाई सकुशल उद्धार गरेका हुन् । सन्देश कार्की सामाखुसी बस्दै आएको थाहा भएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान  गरिरहेको छ । 

शनिवार थापाथली स्थित पुलबाट बागमतीका हाम फालेकी महिलालाई पनि प्रहरीले सकुशल उद्धार गरेको थियो । महिलाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप