बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेत–२ (ख)बाट बडुवालले उम्मेदवारी दिने

शनिबार, २८ साउन २०७९, १७ : ५१
शनिबार, २८ साउन २०७९

सुर्खेतको निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभा सदस्यका लागि एकीकृत समाजवादीबाट मोहन बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । समाजवादीको जिल्ला अध्यक्ष समेत रहेका बडुवालले शनिबार पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आयोजित प्रदेश सभा (ख) समन्वय कमिटीको बैठकमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।  

बडुवाल गाउँ कमिटी सचिव हुँदै एमाले विभाजन हुनुभन्दा अघिसम्म एमालेको सुर्खेत जिल्ला सचिव थिए । त्यसपछि नेकपा हुँदा उनी नेकपा कार्यालय सदस्य थिए । ०७४ को निर्वाचनमा उनी एमालेबाट प्रदेश सभा सदस्य पदका लागि सिफारिस भएका थिए । 

यद्यपी पछि बाम गठबन्धन बनाएर जाने सहमति भएपछि माओवादी केन्द्रको भागमा परेको थियो । अहिले समाजवादीको प्रदेश सचिवालय सदस्य समेत रहेका उनले (ख) चुनाव लड्ने गरि यसअघिदेखि नै तयारी थालिरहेको बताए । बडुवालले गठबन्धन हुँदा पनि (ख)मा समाजवादीको दाबी रहने बताए । उनले रातोपाटीसँग भने,‘ संघ र प्रदेशका चार क्षेत्रमध्ये एउटामा हाम्रो दाबी रहन्छ । त्यो भएकाले हाम्रो जनमत पनि केही राम्रो भएकाले (ख) मा दाबी रहन्छ । त्यो भएकाले चुनाव लड्ने घोषणा गरेको हुँ ।’ (ख) अन्तर्गत क्षेत्र नं.–२ का बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप