शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सालकको खपेटासहित तीन जना पक्राउ

शनिबार, २८ साउन २०७९, १७ : ५७
शनिबार, २८ साउन २०७९

 काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप