साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरूको गठन गरी काम गरिरहेको पनि स्मरण गराएका हुन् ।
प्रतिभा राणाद्वारा लिखित ‘गहिर्‍याई’ र ‘कर्टेन अफ माया’ नामक कविता सङ्ग्रहको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उनले पुरुष वर्चस्व रहेको नेपाली साहित्यमा महिला साहित्यकारहरुको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनीहरूलाई अझै प्रोत्साहित गर्दै लैजानुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले नाताले सासुआमा भए पनि राणाले कविता लेख्नुहुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।
प्रधानमन्त्री देउवाले राणाका दुवै कविता सङ्ग्रह मानवीय भावनालाई रोचक र कलात्मक ढङ्गले प्रस्तुत गर्न सफल भएको अनुभूति आफूलाई भएको स्पष्ट पारे । कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिक र समाजसेवीको पहिचान समेत बनाएकी साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरूले दुई वटा कविता सङ्ग्रहको जन्म गराएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ