बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली टिममा धेरै चुनौती छन्, म स्वीकार गर्छु : प्रभाकर

शनिबार, २८ साउन २०७९, २० : ०१
शनिबार, २८ साउन २०७९

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिममा धेरै चुनौती भएको तर, आफूले यसलाई सहजै स्वीकार गरेको बताएका छन् ।  नवनियुक्त प्रशिक्षक प्रभाकर आज नेपाल आएका हुन् । नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालमा उत्कृष्ट खेलाडी भएको र त्यसलाई आफूले सकरात्मक रुपमा लिएको बताए । 

‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन्,’ प्रभाकरले भने ।  प्रभाकरले आफूलाई हिमालको ठाउँ मन पर्ने भएकाले नेपालको प्रशिक्षकको रुपमा आउन रुची देखाएको बताए । साथै उनले अब टिमलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउन आफ्नो अनुभव लगाउन बताए । 

‘म हिमालमा बस्छु । त्यसैले मैले यो ठाउँ रोजेको हुँ । म यहाँ राम्रो रिजल्ट ल्याउन चाहन्छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाउन चाहन्छु । मसँग धेरै अनुभव छ । म कसरी युवा टोलीलाई अगाडी बढाउनुपर्छ भन्ने जानेको छु,’ प्रभाकरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप