बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्सनलको लगातार दोस्रो जित

शनिबार, २८ साउन २०७९, २२ : ००
शनिबार, २८ साउन २०७९

प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले हराएको हो ।  घरेलु मेदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । त्यस्तै ग्रेनिट साका र ग्रेबियल मार्टिनेलीले एक–एक गोल गरे । 

यता लेस्टरका लागि जेम्स मेडिसनले एक गोल गरे । त्यस्तै लेस्टरले एक गोल आत्मघाती उपहार पाएको थियो । आर्सनलका विलियम्स सालिबाले ५३औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।  खेलको २३ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दौ आर्सनलको अग्रता दोब्बर पारे । 

५३ औं मिनेटमा आर्सनलका सालिबाले आत्मघाती गोल गर्दा लेस्टर २–१ गोलको अवस्थामा आयो । ५५ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले ३–१ गोलको अग्रता बनायो । ७३ औं मिनेटमा लेस्टरका लागि मेडिसनले गोल गर्दै टिमलाई ३–२ गोलको अवस्थामा ल्याए । 

त्यसपछि खेलको ७५ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै टिमलाई सहज जित दिलाए । यो जितसँगै आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ । आर्सनल तालिकाको दोस्रो स्थानमा छ । इता लेस्टको यो पहिलो हार हो । लेस्टरले लिगमा २ खेलबाट १ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप