मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने
आइतबार, २९ साउन २०७९, ०६ : २०
नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।
क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन् ।
दक्षिण कोरियामा हुर्किएका मनीष नागरिकता बनाउन आएका बेला खालीबारी क्लबबाट खेल्दै नेपाली फुटबलमा डेब्यू गरेका थिए ।
सहिद स्मारक ए डिभिजन लिग नै नखेली राष्ट्रिय टिममा पुगेका मनीष गत अक्टोबरमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा महत्त्वपूर्ण सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी