शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिलानको विजयी सुरुवात

आइतबार, २९ साउन २०७९, ०७ : ५७
आइतबार, २९ साउन २०७९

प्रिमियर लिग फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा एसी मिलानले उडीनेसेलाई ४–२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन एन्टे रेविकले दुई गोल गरे । त्यस्तै थेओ हर्नान्डेज, ब्राहिम डिजाले एक–एक गोल गरे ।

उता उडिनेसेका लागि रोर्डीगो बेकाओ र आडाम मासिनाले एक–एक गोल गरे । साविकको विजेता एसी मिलानले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ ।

यता उडिनेसेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।​ आजनै भएको अर्काे खेलमा इन्टर मिलानले लेस्केलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको सुुखद सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप