शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीको आज सपथ

आइतबार, २९ साउन २०७९, ०९ : २३
आइतबार, २९ साउन २०७९

कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  वीरबहादुर शाहीले पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए । सपथ आज बिहान ११ बजे हुने छ ।

यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप