शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अत्यधिक मत बदर : मतदाता विद्रोही भएको आयोगको आशंका

आइतबार, २९ साउन २०७९, ०९ : ४३
आइतबार, २९ साउन २०७९

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनमा काठमाडौ पोखरा जस्ता ठाँउमा पनि अत्यधिक मत बदर भएको बताएका छन् । आइतबार निर्वाचनको संचालन तथा व्यवस्थापनका सम्बन्धमा सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षित मतदाता रहेका ठाँउमा पनि धेरै मत बदर भएको बताए । 

उनले आयोगले गत चुनावमा डिजिटल माध्यमबाट मतदाता शिक्षालाई जोड दिएको बताउदै साक्षरता दर धेरै भएको ठाउँ पनि मत बदर भएकोमा छक्क परेको बताए ।

उनले भने, 'काठमाडौंमा सचेतना नभएर मत बदर भएको हो वा विद्रोही गरेर मत बदर भएको हो ? हामी छक्क परेका छौं । काठमाडौ जस्तो ठाँउमा पोखरामा अत्यधिक मत बदर भएको छ । डिजिटल माध्यमबाट मतदाता शिक्षा पद्धतिलाई फेर्नुपर्ने हो कि भन्ने लागेको छ  ।'

आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम् प्रशारण विद्युतीय माध्यमको प्रयोगमा विशेष जोड दिने बताए ।

यस्तै सामाजिक सञ्जालको प्रयोग गर्ने, विशिष्ट व्यक्तिहरूमार्फत मतदानमा सहभागी हुन आह्वान सहितको सामग्री प्रसारण गर्ने उनको भनाइ छ । मतदाता सूचना कक्ष र कल सेन्टर मार्फत सूचना प्रवाह गर्ने प्रमुख आयुक्त थपलियाले बताए । उनले राष्ट्रिय भाषामा मतदाता शिक्षा सामग्री उत्पादन र वितरण गर्ने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप