शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका वारेन बफेट भनिने चर्चित सेयर व्यावसायी राकेशको निधन

आइतबार, २९ साउन २०७९, ०९ : ५६
आइतबार, २९ साउन २०७९

भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको आइतबार निधन भएको छ । मुम्बईको ब्रिच केन्डी अस्पतालमा उनले अन्तिम सास फेरे ।

राकेश झुनझुनवाला ६३ वर्षका थिए । मिडिया रिपोर्टका अनुसार स्वास्थ्य खराब हुँदा आज बिहान मात्रै उनलाई अस्पताल लगिएको थियो ।

भारतका वारेन बफेट भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो । झुनझुनवालालाई त्यति नै बेला सार्वजनिक रुपमा देखिएको थियो । केही रिपोर्टमा उनी पछिल्लो लामो समयदेखि बिरामी भइरहेको भन्ने जानकारीसमेत दिइएको छ ।

राकेश झुनझुनवालाले ४०० कर्मचारीसँग यो कम्पनी सुरु गरेका थिए । आकासा एयरलाइन्सको लक्ष्य अर्को वर्ष मार्च महिनासम्म हरेक महिना पौने दुई सय भर्तीसँगै २ हजार कर्मचारी राख्नु थियो ।

अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राकेश झुनझुनवालाको भेटको तस्बिर पनि सोसल मिडियामा असाध्यै भाइरल भएको थियो । त्यसपछि नै उनको आकासा एयरलाइन्सले सरकारको हरियो झण्डा पाएको खबर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप