शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका लागि गठबन्धन डर र कर दुवै हो : रामचन्द्र पौडेल

आइतबार, २९ साउन २०७९, ०९ : ५९
आइतबार, २९ साउन २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन काँग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए ।

उनले भने, 'काँग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो ।' अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो ।

एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । उनले भने, 'कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।'

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले  निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । उनले भने,'तलको जनमत हेरेर निर्णय लिन्छौँ ।'

उनले थपे, 'कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।' काँग्रेसले काँग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गरे । उनले भने, 'काँग्रेसले काँग्रेसलाई जिताउने हो हराउने होइन ।'

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, 'यो  निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।' काँग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए । फरक प्रसङ्गमा  उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन हुँदैन भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप