शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भायानेटको नयाँ शाखा अब सुर्खेत, घोराही र तुलसीपुरमा

आइतबार, २९ साउन २०७९, ११ : ३२
आइतबार, २९ साउन २०७९

भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सूपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन पाउनेछन्।

यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउने कम्पनीले जनाएको छ।

यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको जनाएको छ। भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ भने घोराही सर्भिस सेन्टर बी.पी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ त्येस्तै भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर रोड एन आई सी एशिया बैंक नजिकै खोलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप