बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको विजेता बनिन् निकिता

आइतबार, २९ साउन २०७९, ११ : ४९
आइतबार, २९ साउन २०७९

टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने ‘टोयोटा ड्रिम कार आर्ट प्रतियोगिता’ अन्तरगत यस संस्करणको पुरस्कार बुटवलकी निकिता भट्टराईले जितेकी छन् । उनी समूह सी अन्तरगत उत्कृष्ट बन्न सफल भएकी हुन् । 

विश्वभरबाट करिब पाँच लाख तीस हजार प्रतिस्पर्धीहरुका चित्रमध्ये सबै समूहका गरी २४ वटा चित्र विजयी भएको कम्पनीले जनाएको छ ।  जसमध्ये निकिताको ‘आर्टिफिसियल इन्टिलिजेन्स बेस्ड कार’ उत्कृष्टता पर्न सफल भएको हो । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले विशेष कार्यक्रम आयोजना गरी विजेतालाई कम्पनीकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, वरिष्ठ निर्देशक कैलाश भक्त राजभण्डारी तथा महाप्रबन्धक महेश कुमार यमले सर्टिफिकेट र शिल्ड हस्तान्तरण गरे । 

साथै, उक्त उपाधि जिते स्वरुप टोयोटा जापानका तर्फबाट उनले तिन हजार अमेरिकी डलर समेत पाउने छिन् । यस ड्रिमकार आर्टको अन्तर्राष्ट्रिय प्रतियोगितामा हरेक वर्ष लगभग ७८ देशले सहभागिता जनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप