मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सदनमा प्रश्न–निहारिका र  निर्मलाले कहिले न्याय पाउने हो ?

आइतबार, २९ साउन २०७९, १२ : ५७
आइतबार, २९ साउन २०७९

नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गरेकी छिन् ।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन् । सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बोलमा सरकारलाई नै खोज्नुपर्ने अवस्था आएको बताइन् । उनले निहारिका नारीको अस्मितालाई खेलौनाको रुपमा हेरी रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्य न्याय दिन नसकेको दाबी गरिन् । 

सांसद पालले निहारिका राजपुत आफूमाथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटक–पटक अनसन बस्दा समेत सरकारले डिएनए परीक्षण नगर्नु पीडितलाई अझै पीडा दिनु भएको बताइन् । उनले निहारिका र  निर्मला पन्त जस्ता छोरीहरुले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गरिन् ।

सांसद पालले अहिले महिला आफ्नै घर,समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप