शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोल्पामा डोजरमाथि पहिरो खस्यो, चालकको मृत्यु

आइतबार, २९ साउन २०७९, १३ : ०३
आइतबार, २९ साउन २०७९

डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो ।  पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । अहिले प्रहरी त्यहाँ उद्दार कार्यमा खटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप