शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

आइतबार, २९ साउन २०७९, १४ : ००
आइतबार, २९ साउन २०७९

टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको कम्पनीको दाबी छ । आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेको कम्पनीको भनाइ छ ।   कम्पनीका अनुसार नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तिब्र प्रतिस्पर्धामा नेक्सन अन्य भन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडी तीन महत्वपूर्ण तत्वहरु छन् ।

यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा । ‘यही कारण नेक्सनले धेरै भन्दा धेरै ग्राहकहरुको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ । यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ठ पहिचान बनाइरहेको छ’, कम्पनीको भनाइ छ ।

१२०० सीसी को रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसी को  डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्धितीय छ । २०९ मिलिमिटर लामो ‘ग्राउन्ड क्लेरेन्स’ सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चार पांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप