शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

आइतबार, २९ साउन २०७९, १४ : २७
आइतबार, २९ साउन २०७९

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहेकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ पस्तुत गर्न खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गरे ।

लगत्तै ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दा एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनामात्रै सदस्य रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप