बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब संसदीय चुनावमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने

आइतबार, २९ साउन २०७९, १४ : २७
आइतबार, २९ साउन २०७९

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताए ।

प्रमुख आयुक्त थपलियाले भने– ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका ब्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’

यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप