शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

आइतबार, २९ साउन २०७९, १४ : ५९
आइतबार, २९ साउन २०७९

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ । 

इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको बार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परीक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरि तत्काल कार्यन्यावन गरिनु पर्ने, चक्रवति हवि कलेजमा गरिएको चर्को मुल्यवृद्धि तत्काल फिर्ता गरि आवश्यक छानबिन गरिनुपर्ने लगायतका १५ वटामा नेविसंघले अघि सारेको छ । 

त्यस्तै, नेविसंघले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनु पर्ने, परिक्षा नतिजा ३ महिना भित्र प्रकाशन गरिसक्नु पर्ने, परिक्षा फाराम अनलाइन प्रणालीबाट भर्नेव्यवस्था मिलाइनु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप