शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्यो ‘बाबरी’

आइतबार, २९ साउन २०७९, १५ : ५७
आइतबार, २९ साउन २०७९

फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ । ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ । निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए ।

अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् ।  

कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी फिल्ममा छ । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप