शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२८ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८७ करोडमा सीमित

आइतबार, २९ साउन २०७९, १५ : ५७
आइतबार, २९ साउन २०७९

साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो ।  यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ । 

झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ ।  आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ । 

यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २.७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२६ प्रतिशतले घटेको छ । 

हाइड्रोपावर समूहको उपसूचक १.८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.०९ प्रतिशतले, बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज १.१३ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप