शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

आइतबार, २९ साउन २०७९, १६ : १०
आइतबार, २९ साउन २०७९

म्याग्दे गाउँपालिका–२ बडरे बस्ने ५२ वर्षीय सोमप्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट नगद ५८ हजार २ सय २३ रुपैयाँ र २ सय १४ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप