शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सान्जेन हाइड्रोपावरको कार्यालयमा तोडफोड, ३ जना पक्राउ

आइतबार, २९ साउन २०७९, १६ : ३४
आइतबार, २९ साउन २०७९

रसुवाको आमाछेदुङ्मो गाउँपालिकास्थित सान्जेन हाइड्रोपावरको कार्यालयमा स्थानीयवासीले तोडफोड गरेका छन् । हाइड्रोको आईपीओ सम्बन्धी विवादमा गाउँपालिकाको वडा नम्बर ३ गत्लाङबासीले कार्यालय तोडफोड गरेको रसुवाका डीएसपी कुलदीप चन्दले रातोपाटीलाई जानकारी दिए । 

सान्जेन जलविद्युत कम्पनीले केही समयअघि स्थानीय प्रभावितलाई क्लस्टर अनुसार प्रभावित, अतिप्रभावित र जिल्लावासी गरी तीन किसिमका आईपीओ निष्काशन गरेकोमा आयोजना अतिप्रभावित वडा नम्बर ४ र ५ सरह नै सुविधा पाउनुपर्ने माग गर्दै वडा नम्बर ३ का स्थानीयहरु तोडफोडमा उत्रिएको चन्दको भनाइ छ । 

स्थानीय संघर्ष समिति नै बनाएर ज्ञापनपत्र बुझाउन आएको भिडले अचानक कार्यालयमा तोडफोड शुरु गरेका उनले जानकारी दिए । जसबाट आयोजनाको कार्यालयमा क्षति पुग्नुका साथै केही कर्मचारीहरु समेत घाइते भएका छन् । 

तत्काल प्रहरी परिचालन गरी तोडफोडमा उत्रिएका तीन जनालाई पक्राउ गरिएको चन्दले जानकारी दिए । अन्य आन्दोलनकारी भने तितरवितर भएको उनले जानकारी दिए । घटनाका विषयमा समीक्षा गर्न अहिले सान्जेन कार्यालयमा प्रहरी सहितको आयोजनाका कर्मचारीहरु बैठक बसिरहेको चन्दले जानकारी दिए ।

 रसुवाको माथिल्लो भेग आमाछेदुङ्मो गाउँपालिकामा निर्माणधिन सान्जेन जलविद्युत आयोजनाले तल्लो सान्जेन ४२.५ मेगावाट र माथिल्लो सान्जेन १४.८ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप