शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्होटेको अवसरमा पोखरा महानगरले दियो स्थानीय बिदा

आइतबार, २९ साउन २०७९, १६ : ५०
आइतबार, २९ साउन २०७९

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मंगलबार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।

अन्य बिदाबाट कट्टा गर्नेगरी विद्यालय वा मन्टेश्वरी स्कुलमा बिदा दिइएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए । गुरुङ समुदायले साउन महिनाको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उधौलीका रूपमा मनाउने गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप