शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान

आइतबार, २९ साउन २०७९, १८ : ४९
आइतबार, २९ साउन २०७९

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी काम कारवाहीको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगले इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको हो । 
आइतबार प्रकाशित सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । साथै, निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले साउन २८ गते निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप