राष्ट्रपति भण्डारीले फिर्ता गरिन् नागरिकता विधेयक
आइतबार, २९ साउन २०७९, १९ : ४२
२

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विद्येयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति