राष्ट्रपति भण्डारीको कदमलाई लोसपाले सशक्त प्रतिवाद गर्छ : अध्यक्ष ठाकुर

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नागरिकता विधेयक फिर्ताप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।
उनले रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लाखौ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गर्नुभएको छ, दुवै संसदले पारित गरिसकेको विधेयकलाई राष्ट्रपतिले फिर्ता बोलाउनु भनेको सम्पूर्ण नेपाल जनताको अपमान हो यसलाई हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ ।’ सोमबार लोसपाको बैठक बसेर यसबारेमा आवश्यक निर्णय लिने बताउँदै अध्यक्ष ठाकुरले नागरिकताले नागरिकलाई देशसँग जोड्छ तर राष्ट्रपतिले त्यसलाई तोड्न खोजेको आरोप लगाए ।
‘यो देशमा नागरिकता विना कुनै पनि काम गर्न सक्दैन, अरुले दिएको पैसा पनि बैठकबाट झिक्नका लागि नागरिकता चाहिन्छ, जागिरका लागि मात्र पनि होइन उच्च शिक्षाका लागि पनि नागरिकता चाहिन्छ, नेपालीलाई पाइला पाइलामा नागरिकता खोजेको हुन्छ त्यही नागरिकलाई नागरिकताबाट बन्चित गरेको छ,’ अध्यक्ष ठाकुरले भने, ‘संसदबाट अर्को प्रकृया सुरु हुन्छ, त्यो पछिको कुरा हो । तर राष्ट्रपति भण्डारीले आज जे कदम चालेकी छिन् त्यो जनताले कहिल्यै बिर्सिने छैनन् ।’ अध्यक्ष ठाकुरले नागरिकता विधेयक फिर्ताको सशक्त प्रतिवाद गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवेश परीक्षा मिति तोक्न इन्जिनियरिङ अध्ययन संस्थानलाई नेविसंघको आग्रह
-
इन्डोनेसियन मुक्केबाजलाई हराउँदै नेपालका रविन अघिल्लो चरणमा
-
उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु
-
सहमति नभए प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य
-
महँगो शिक्षा र स्वास्थ्यले देश गरिबीको खाल्डोतिर धकेलियो : चन्द्र भण्डारी
-
भारतको वायु सेनामा सी–२९५ विमान सामेल