बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दिरा चिनी मिलद्वारा उखु किसानलाई ७० लाख भुक्तानी

आइतबार, २९ साउन २०७९, २१ : ३४
आइतबार, २९ साउन २०७९

विगत ४ वर्षदेखि बक्यौता रहेको उखुको भुक्तानी रकम किसानहरूले पाउन थालेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ८ मा रहेको इन्दिरा सुगर एण्ड एग्रो ईन्डष्ट्रिज प्रा.लि.ले विगत ४ वर्षदेखि रोकेर राखेको बक्यौता रकम भुक्तान गर्न थालेपछि किसानहरूमा खुसी छाएको छ । 

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले किसानको भुक्तानी दिलाउन मिल सञ्चालक राकेश अग्रवालसँग विशेष पहल गरेपछि यही श्रावण मसान्तसम्म भुक्तानी गरिसक्ने मिल सञ्चालकले प्रतिबद्धता जाहेर गरेका थिए । सोही अनुरूप मिल सञ्चालकले अहिलेसम्म किसानहरूको ७० लाख रुपैयाँ भुक्तानी दिई सकेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

मिलबाट किसानहरूले अझै करिब ८० लाख रुपैयाँ भुक्तान पाउनु पर्ने उखु उत्पादक कृषक संघको तथ्याङ्क रहेको र उक्त भुक्तानीका लागि मिल सञ्चालकले यही श्रावण महिनाभित्रै भुक्तान दिइसक्ने बताइएको छ । किसानले भुक्तानी पाउनु पर्ने बक्यौता रकम मिल सञ्चालक र उखु उत्पादक कृषक संघको तथ्याङ्क भने फरक–फरक देखिएको छ ।

किसानहरूको बक्यौता रकम भुक्तानी दिएर आगामी उखु क्रसिङ्ग सिजनबाट मिललाई फुल फेजमा चलाउने मिल सञ्चालकको योजना रहेको छ । सोको लागि मिल र कम्पाउन्डको सरसफाइ र मर्मत सम्भार कार्य पनि अगाडि बढाइएको मिलले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप