मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’

आइतबार, २९ साउन २०७९, २१ : ४०
आइतबार, २९ साउन २०७९

संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यङ्ग्य गरेको तीज गीत ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ ल्याएका छन् । संचारकर्मी पीडितको  शब्द, निर्देशन तथा प्रस्तुति रहेको गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । 

देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शेयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरूलाई गीतमा सशक्त ढंगले उठाउन गरिएको छ । साथै भ्रष्ट, ठग र रोगी नेताहरूलाई राजनीतिबाट विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरिएको छ । 

गीतको परिकल्पनाकारमा ई. अनन्तराज घिमिरे रहेका छन् । गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप