बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

आइतबार, २९ साउन २०७९, २१ : ५९
आइतबार, २९ साउन २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको नीजि भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

पार्टीको यही साउन ३० र  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप