बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाइजो प्रथाको बिषयमा ब्यङ्ग्य गरेपछि चर्चामा ‘कमेडी हब’

आइतबार, २९ साउन २०७९, २२ : ३०
आइतबार, २९ साउन २०७९

कमेडी रियालिटी शो ‘कमेडी हब’ यतिबेला फेरि चर्चामा रहन सफल भएको छ । गत बुधबार प्रसारित ११ औं एपिसोडमा कलाकार सीता न्यौपानेले प्रस्तुत गरेको जनकपुरमा विद्यमान दाइजोको विषयको व्यङ्ग्यका कारण यो एपिसोड चर्चामा छाउन सफल भएको हो ।

कमेडीमा न्यौपानेले दाइजो प्रथाको सुष्म ढंगले केलाएकी छिन् । छोरीको विवाह गर्दा दाइजोका लागि दुलहीका आमाबुबाले किड्नीसम्म बेच्नुपरेको र दाइजो दिन नसकेर आत्महत्या समेत गरेको लगायत दाइजो प्रथाको कारण समाजले व्यहोर्नु परेको अधिकांश तितो यथार्थता समेत न्यौपानेले ब्यङ्ग्य बनाएकी छन् ।

दाइजो प्रथाको बिषय निकै सहज र सरल ढंगले ब्यङ्ग्य गर्न सफल भएका कारण न्यौपानेको समेत प्रशंसा भइरहेको छ । गत बुधबारबाट कमेडी हवको फम्यार्ट समेत केही परिवर्तन गरिएको छ । कमेडी हवका श्रृंखला निर्देशन राजा राजेन्द्र पोखरेलले कार्यक्रमको केही फरम्याट चेन्ज गरेका हुन् ।

मिडिया हवको प्रस्तुति रहेको ‘कमेडी हव’ को सह प्रायोजन डिसहोम फाइवरनेट रहेको छ । एपिवान टेलिभिजनबाट बुधवार साँझ ८ बजे प्रशारण हुँदै आएको शोमा राजा राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत कलाकारको प्रस्तुति रहँदै आएको छ ।

शोको ११ औं एपिसोडमा अतिथिको रुपमा फिल्म ‘कृष्ण लीला’ का कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री लगायत पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप