शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इजिप्टमा चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

सोमबार, ३० साउन २०७९, ०६ : ४०
सोमबार, ३० साउन २०७९

इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन् । 

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् । 

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो इसाई समुदाय हो ।  इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप