प्रदेश भेलामा जुट्यो नेसपा
सोमबार, ३० साउन २०७९, ०७ : १०

हालै गठन भएको नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिने भएकाे छ । सो पार्टीले मंगलबार सुदुरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार बिहान १० बजे कार्यक्रम सुरु हुने प्रदेश इन्चार्ज डा जनक शाहले जानकारी दिए । धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित होटल विकासको सभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तरगत राजनीतिक कार्यक्षेत्र भएका वैकल्पिक विचारधारा बोक्ने सम्पुर्ण नेताकार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुलाई प्रवेश दिइने छ ।
नेसपाले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको भेटवार्तामा यस विषयमा समझदारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनका राष्ट्रपति जेलिन्स्की फ्रान्स भ्रमणमा
-
सरकार जोगाउन दीर्घलाई लेखराजको फोन : साढे दुई वर्षपछि मुख्यमन्त्रीको प्रस्ताव
-
महिनाको ३० लाख घाटा बेहोर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
-
बाँकेमा घडियाल गोहीको संरक्षण
-
डिज्नीमा ७ हजार मानिसको जागिर जाने, सिइओले बताए कारण
-
त्रिशूली जलविद्युत् आयोजना : हिउँदमा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने