काँग्रेसले आजदेखि जनप्रतिनिधिलाई हेरिटेज होटलमा अभिमुखीकरण दिँदै

नेपाली काँग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ ।
काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा काँग्रेसतर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख / उपप्रमुख, पालिकाका प्रमुख / उपप्रमुख र अध्यक्ष / उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । कार्यक्रमको उद्घाटनपछि वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ ।
यस्तै दोस्रो दिन ३१ गते उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् ।
महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने