शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्देशक तिमिल्सिनाको सह्रानिय काम, आफ्नो सुविधा त्यागेर विद्यालयलाई किने बस

सोमबार, ३० साउन २०७९, ०८ : ३०
सोमबार, ३० साउन २०७९

पोखरा महानगरपालिकाले सञ्चालन गरेको बहुप्राविधिक शिक्षालयले विद्यार्थी ओसारपसारका लागि आफ्नै खर्चमा गाडी किनेको छ । 

भन्सार छुट गर्न शिक्षा मन्त्रालयलाई आव्हान गरेपनि मन्त्रालयले आलटाल गरेपछि शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आफ्नो सुविधाको लागि चढ्ने गाडी नकिनेर विद्यार्थीका लागि कलेज बस किनेका हुन् ।

'भन्सार छुटको लागि मन्त्रालयसँग पत्रका लागि पटकपटक  आग्रह गर्दा पनि पत्र नदिएपछि आफ्नो गाडी किन्ने रकम पनि त्यसैमा थप गरि कलेज बस किनेको हो ।' निर्देशन तिमिल्सिनाले बताए । 

तत्कालका लागि आफूलाई भन्दा पनि विद्यार्थीका लागि गाडी आवश्यक देखिएकोले कलेज बस किनिएको  तिमल्सिनाको भनाइ छ । कलेज गाडी खरिदका लागि करिब ३० लाख लागत लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप