शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सोमबार, ३० साउन २०७९, ०८ : ५६
सोमबार, ३० साउन २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा  आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । डा.भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । 

साथै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पनि आज बस्दैछ । सो कार्यदलका सदस्यलाई पार्टीको तर्फबाट पेस गर्ने एजेण्डा तथा अडानका बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप