बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘अभिवन्द्य’ को दास्रो संस्करण बजारमा

सोमबार, ३० साउन २०७९, १० : २२
सोमबार, ३० साउन २०७९

निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को व्यक्ति निबन्धसङ्ग्रह ‘अभिवन्द्य’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपाली साहित्य, कला, सङ्गीतलगायत विविध क्षेत्रका ४१ जना विशिष्ट व्यक्तित्वहरूमाथि लेखिएको निबन्धसङ्ग्रहको पहिलो प्रकाशन २०७८ कात्तिकमा भएको थियो ।

स्वदेश प्रकाशन प्रा.लि.द्वारा बजारमा ल्याइएको दोस्रो संस्करणका सम्बन्धमा निबन्धकार रोदनले कृतिको दोस्रो संस्करण आफ्ना लागि मात्र नभएर निबन्ध विधाकै सुखद् भएको बताए । लेखकका लागि पाठकले गरेको विश्वासभन्दा ठूलो अर्को कुनै पुरस्कार हुन नसक्ने भन्दै उनले ‘अभिवन्द्य’ सफलताको श्रेय निबन्धभित्रका व्यक्तित्वहरूलाई दिन चाहे । 

‘अभिवन्द्य’ व्यक्ति निबन्धसङ्ग्रहभित्र युगकवि सिद्धिचरण, राष्ट्रकवि माधव घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, डायमण्ड शमशेर, पूर्णप्रसाद ब्राह्मण, डा. स्वामी प्रपन्नाचार्य, बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, बालकृष्ण पोखरेल, उपेन्द्र श्रेष्ठ, गोविन्द भट्ट, प्रचण्ड मल्ल, कृष्णप्रसाद पराजुली, मनु ब्राजाकी, तेजेश्वरबाबु ग्वंगः, परशु प्रधान, डा. ध्रुवचन्द्र गौतम, तुलसी दिवस, मञ्जुल, नगेन्द्रराज शर्मा, रोचक घिमिरेलगायतमाथि लेखिएका निबन्धहरू रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप