शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, ३० साउन २०७९, १० : ३०
सोमबार, ३० साउन २०७९

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । 
योजनाको लाभांश वितरण साउन ३१ गते बुक क्लोज गरिँदैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबर्द्धित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको  छ । 

साथै एनएमबि क्यापिटलको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप