बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सोमबार, ३० साउन २०७९, ११ : ३७
सोमबार, ३० साउन २०७९

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप