शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा काँग्रेसको होला त ‘कम ब्याक’ ?

यस्तो छ २०७४ को जिल्लागत प्रतिनिधि र प्रदेशसभातर्फको मत परिणाम
सोमबार, ३० साउन २०७९, ११ : ४६
सोमबार, ३० साउन २०७९

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै बागमती प्रदेशमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएका थिए । वाम गठबन्धनका कारण बागमती प्रदेशका अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो । वाम गठबन्धन कै कारण बागमती प्रदेशसभामा एमालेले एकल बहुमत प्राप्त गरेको थियो ।

आसन्न निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धन तालमेलका साथ चुनावी मैदानमा उत्रिने भएका छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका आधारमा एमालेले हासिल गरेको बहुमत सिट अहिले सत्तारुढ गठबन्धनका कारण खोसिने सम्भावना देखिन्छ । सत्तारुढ गठबन्धनबीचको तालमेलबाटै यस चुनावमा काँग्रेसले ‘कम ब्याक’ खोजेको छ भने माओवादी केन्द्र पनि आफ्नो प्रभाव बढाउने दाउमा छ ।

बागमती प्रदेशमा प्रतिनिधिसभा अन्तर्गत ३३ र प्रदेशसभा अन्तर्गत ६६ वटा निर्वाचन क्षेत्र छन् । १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् भने चितवन र ललितपुरमा ३/३ वटा, सिन्धुली, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, नुवाकोट र धादिङमा २/२ वटा निर्वाचन क्षेत्र छन् । रसुवा, रामेछाप र दोलखामा भने प्रतिनिधिसभा तर्फ १/१ वटा निर्वाचन क्षेत्र छ ।

२०७४ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर ठुलो पार्टी बनेको एमाले आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा होमिएको छ । पछिल्लो समय बागमती प्रदेशको सबै जिल्लामा प्रभाव बढाएको दाबी गर्ने काँग्रेस भने सत्ता गठबन्धनको नेतृत्व गर्दै चुनावी दौडमा छ । काँग्रेस सत्ता गठबन्धनमार्फत आगामी निर्वाचनबाट देशकै ठुलो पार्टी बन्ने दाउमा छ ।

उता आगामी निर्वाचनमा माओवादी केन्द्र पनि संसदीय अंकगणितमा आफू निर्णायक शक्ति बन्ने गरी अगाडि बढेको छ । सत्ता गठबन्धन नभाँडिएको खण्डमा काँग्रेसलाई सघाएर अघि बढ्ने तयारी माओवादी केन्द्रको छ । सोही अनुसार माओवादी केन्द्रले पनि आफू कुन ठाउँमा कसरी सुरक्षित बन्न सकिन्छ भन्नेमा कसरत गरिरहेको छ ।

एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनको सहारामा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जाँदैछ । एमालेले आगामी निर्वाचनमा सबैभन्दा बढी घाटा व्यहोर्नुपर्ने अड्कलबाजी गरिएको छ । वाम गठबन्धनलाई जोगाउन नसक्नुको परिणाम आगामी निर्वाचनमा एमालेले भोग्नुपर्ने कतिपयको भनाइ छ । यता, पार्टी विभाजनको असर पनि एमालेले खेप्दै आएको छ । गठबन्धन कायमै रहे बागमतीमा एमालेलाई आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

२०७४ को निर्वाचनमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लामा काँग्रेसले वाम गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ १२ वटा सिटमात्र जितेको थियो । अन्य ८७ वटा क्षेत्रमा काँग्रेस पराजित भएको थियो ।

बागमती प्रदेशका १३ जिल्लाको प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ३३ सिटमध्ये काँग्रेसले ५ वटामा मात्र जित निकाल्न सकेको थियो । अन्य २८ वटा क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । सो निर्वाचनमा काँग्रेसले रसुवाको एक र काठमाडौंको ४ वटा निर्वाचन क्षेत्रमा जितेको थियो ।

यता प्रदेशसभातर्फको ६६ वटा निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ काँग्रेसले ७ वटा क्षेत्रमा जित हात पारेको थियो । काँग्रेसले काठमाडौंबाट ४, रसुवा, मकवानपुर र सिन्धुपाल्चोकबाट १/१ वटा क्षेत्रमा जितेको थियो ।

२०७४ मा माओवादी केन्द्रसँगको गठबन्धनबाट एमालेले प्रतिनिधिसभा अन्तर्गत काठमाडौंको ६, ललितपुर, चितवन, धादिङ र मकवानपुरको २/२ वटा निर्वाचन क्षेत्रमा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र भक्तपुरको १/१ वटा निर्वाचन क्षेत्रमा जितेको थियो । तीमध्ये काठमाडौंको २, मकवानपुरको १ र ललितपुरको १ जना सांसद एमाले विभाजनपछि एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

यस्तै प्रदेशसभा अन्तर्गतका ६६ क्षेत्रमध्ये एमालेले ३९ वटा प्रत्यक्ष सिट जितेको थियो । जितेका ३९ वटा सिटमध्ये ९ वटा क्षेत्रका सांसद अहिले एकीकृत समाजवादीमा छन् भने हाल एमालेमा ३ जना प्रत्यक्ष निर्वाचित सांसद् छन् ।

माओवादी केन्द्रले प्रतिनिधिसभा अन्तर्गत रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, चितवन, काभ्रे र ललितपुरको १/१ वटा क्षेत्रमा जितेको थियो भने प्रदेशसभामा प्रत्यक्षतर्फ १६ सिट जितेको थियो ।

यस्तो छ २०७४ को जिल्लागत प्रतिनिधि र प्रदेशसभातर्फको मत परिणामः

दोलखा

(प्रतिनिधिसभा तर्फ)

पार्वत गुरुङ (एमाले) ५५,४५७    

रुद्रबहादुर खड्का (नेपाली काँग्रेस) २४,८१३

(प्रदेशसभा तर्फ)

क्षेत्र क– विशाल खड्का (माओवादी केन्द्र) २८,३५६

वर्मा लामा (नेपाली काँग्रेस) १२,९५६

क्षेत्र ख– पशुपति चौलागाई (एमाले) २३,०८५

केशवराज चौलागाईं (नेपाली काँग्रेस) १०,८८०

ललितपुर

(प्रतिनिधिसभा तर्फ)

ललितपुर–१ मा नवराज सिलवाल (एमाले) २६,९५१

उदय शमशेर जबरा (नेपाली काँग्रेस) २०,७२९

ललितपुर–२ मा कृष्णलाल महर्जन (एमाले) २७,७१३

चन्द्र महर्जन (नेपाली काँग्रेस) १६,९४५

ललितपुर–३ मा पम्फा भुसाल (माओवादी केन्द्र) २४,०३६

मदनबहादुर अमात्य (नेपाली काँग्रेस) २२,३२८

(प्रदेशसभा तर्फ)

ललितपुर १ (क)– लालकुमारी पुन (माओवादी केन्द्र) १३,१८५   

ऋषिराम घिमिरे (नेपाली काँग्रेस) १०,५९१

ललितपुर १ (ख)– चेतनाथ संजेल (एमाले) १२,८६६

मीनकृष्ण महर्जन (नेपाली काँग्रेस) ११,७४२  

ललितपुर २ (क)– माधवप्रसाद पौडेल (एमाले) १४,५३४

पवन विक्रम थापा (नेपाली काँग्रेस) ८,१४५

ललितपुर २ (ख) ज्ञानेन्द्र शाक्य (एमाले) १२,०६३

प्रेमकृष्ण महर्जन (नेपाली काँग्रेस) ९,४२०

ललितपुर ३ (क)– राजकाजी महर्जन (माओवादी केन्द्र) १४,६२६   

नवराज महत (नेपाली काँग्रेस) १०,१८५

ललितपुर ३ (ख)– जीवन खड्का (एमाले) ११,७०१ शिवराम बानियाँ (नेपाली काँग्रेस) ८,६९३

रामेछाप

(प्रतिनिधिसभा तर्फ)

रामेछाप १– श्यामकुमार श्रेष्‍ठ (माओवादी केन्द्र) ४२,११७

पूर्णबहादुर तामाङ (नेपाली काँग्रेस) ३५,७७१

(प्रदेशसभातर्फ)

रामेछाप १ (क)– शान्तिप्रसाद पौडेल (एमाले) २२,३६९   

रत्‍नबहादुर कार्की (नेपाली काँग्रेस) १६,०५८

रामेछाप १ (ख)– कैलाश प्रसाद ढुंगेल (एमाले) २६,९३५ 

जीतबहादुर मगर (नेपाली काँग्रेस) १४,७२९

रसुवा

(प्रतिनिधिसभा तर्फ)

मोहन आचार्य (नेपाली काँग्रेस) १४,४५३

जर्नादन ढकाल (एमाले) १०२७८

(प्रदेशसभा तर्फ)

रसुवा १ (क)– प्रभात तामाङ (नेपाली काँग्रेस) ६,९७६

कन्र्याल तमाङ (एमाले) ५,१५२

रसुवा १ (ख) प्रेमबहादुर तामाङ (नयाँ शक्ति पार्टी नेपाल) ७,०४०

ईन्द्रप्रसाद गोतामे (माओवादी केन्द्र) ५,६९२ 

धादिङ

(प्रतिनिधिसभा तर्फ)

धादिङ १– भूमिप्रसाद त्रिपाठी (एमाले) ४९,१२१

विश्वप्रसाद अर्याल (नेपाली काँग्रेस) २१,९६८ 

धादिङ २– खेमप्रसाद लोहनी (एमाले) ३६,२५६

दिलमान पाख्रिन (नेपाली काँग्रेस) ३५,६१६ 

धादिङ (प्रदेशसभा तर्फ)

धादिङ १ (क)– राजेन्द्र प्रसाद पाण्डे (एमाले) २७,३३२

मदुकुमार श्रेष्ठ (नेपाली काँग्रेस) १३,६४७

धादिङ १ (ख)– शालिकराम जम्कट्टेल (माओवादी केन्द्र) २३,३८२

प्रभात किरण सुवेदी (नेपाली काँग्रेस) १०,४०७

धादिङ २ (क) – डा. रामकुमार अधिकारी (एमाले) २०,३६८

रमेशप्रसाद धमला (नेपाली काँग्रेस) १९,०१८ 

धादिङ २ (ख)– जगत बहादुर सिंखडा (माओवादी केन्द्र) १७,६०५

डम्बर तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) १५,७७४

काभ्रेपलाञ्चोक

(प्रतिनिधिसभा तर्फ)

काभ्रेपलाञ्चोक १– गंगा बहादुर तामाङ (माओवादी केन्द्र) ४३,६३१ 

तिर्थबहादुर लामा (नेपाली काँग्रेस) ३९,६०५

काभ्रेपलाञ्चोक–२ गोकुलप्रसाद बाँस्कोटा (एमाले) ५५,५२६

मधुप्रसाद आचार्य (नेपाली काँग्रेस) ३६,७५३

काभ्रेपलाञ्चोक (प्रदेशसभा तर्फ)

काभ्रेपलाञ्चोक १ (क)– रत्‍नप्रसाद ढकाल (माओवादी केन्द्र) २५,१०६

चन्द्रबहादुर तामाङ (नेपाली काँग्रेस) १७,८५५

काभ्रेपलाञ्चोक १ (ख)– चन्द्रबहादुर लामा (एमाले) २४,४४७

गणेश लामा (नेपाली काँग्रेस) २०,२७०

काभ्रेपलाञ्चोक २ (क)– लक्ष्मण लम्साल (एमाले) २७,६२१

सुन्दरमणि आचार्य (नेपाली काँग्रेस) १६,५८९

काभ्रेपलाञ्चोक २ (ख) बसुन्धरा हुमागाई (एमाले) २८,६७७   

कन्चनचन्द्र वादे (नेपाली काँग्रेस) २१,७८०

काठमाडौं

(प्रतिनिधिसभा तर्फ)

काठमाडौं १ – प्रकाशमान सिंह (नेपाली काँग्रेस) १०,९३६

रवीन्द्र मिश्र (विवेकशील साझा पार्टी) १०,११८

काठमाडौं २ – माधवकुमार नेपाल (एमाले) २७३६६

दिपक प्रसाद कुईकेल (नेपाली काँग्रेस) १४,९०३

काठमाडौं ३ – कृष्णबहादुर राई (एमाले) १९,१६९

अम्बिका बस्नेत (नेपाली काँग्रेस) १४,८८४

काठमाडौं ४ – गगनकुमार थापा (नेपाली काँग्रेस) २१,५५८

राजन भट्टराई (एमाले) १८,१४०

काठमाडौं ५ – ईश्वर पोखरेल (एमाले) २३,०२९

प्रकाशशरण महत (नेपाली काँग्रेस) १३,१६९

काठमाडौं ६– भिमसेन दास प्रधान (नेपाली काँग्रेस) १६,७८५

झक्कुप्रसाद सुवेदी (माओवादी केन्द्र) १५,४८५

काठमाडौं ७ – रामविर मानन्धर (एमाले) १८,१०२

विक्रम बहादुर थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) १०,०७९

काठमाडौं ८ – जीवनराम श्रेष्ठ (एमाले) १३,३९७

नविन्द्रराज जोशी (नेपाली काँग्रेस) १२,९५३

काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ (एमाले) २२,८५२

ध्यानगोविन्द रंजित (नेपाली काँग्रेस) १४,८०२

काठमाडौं १० – राजेन्द्र कुमार केसी (नेपाली काँग्रेस) २४,१९०

हितमान शाक्य (माओवादी केन्द्र) २१,९०७

(प्रदेशसभा तर्फ)

काठमाडौं १ (क)– दिपेन्द्र श्रेष्ठ (नेपाली काँग्रेस) ६,२३१ 

विष्णु कुमारी भुसाल (एमाले) ४,६१८  

काठमाडौं १ (ख) – गणेशप्रसाद दुलाल (एमाले) ४,२४२

सुरजचन्द्र लामिछाने (नेपाली काँग्रेस) ४,२२३

काठमाडौं २ (क) – सानुकुमार श्रेष्‍ठ (एमाले) ८,९३६

लोकेश ढकाल (नेपाली काँग्रेस) ५,७५८

काठमाडौं २ (ख) – मणिराम फुयाल (एमाले) १६,५७५

मनहरी खड्का (नेपाली काँग्रेस) ८,२६८

काठमाडौं ३ (क) मा छिरिङ दोर्जे लामा (नेपाली काँग्रेस) ६,४४८

रुद्रबहादुर बराइली (माओवादी केन्द्र) ५,३३५

काठमाडौं ३ (ख) – रामेश्‍वर फुयाल (एमाले) १०,८८६

विमल ठकुरी (नेपाली काँग्रेस) १०,८१९

काठमाडौं ४ (क) – नरोत्तम वैद्य (नेपाली काँग्रेस) ८,७१९

निर्मल कुईंकेल (एमाले) ७,७९४

काठमाडौं ४ (ख) – कुसुम कुमार कार्की (एमाले) १२,३४७

साधुराम खड्का (नेपाली काँग्रेस) ९,३५४

काठमाडौं  ५ (क) – नारायणबहादुर सिलवाल (एमाले) ७,७९०

रमा पौड्याल (गुरागाईं) (नेपाली काँग्रेस) ४,३०९

काठमाडौं ५ (ख) – दीपक निरौला (एमाले) १३,८७९

रमेश कुमार खड्का (नेपाली काँग्रेस) ९,५२४

काठमाडौं ६ (क) – केशव स्थापित (एमाले) ८,०२२

न्हुछे नारायण मानन्धर (नेपाली काँग्रेस) ५,१४९

काठमाडौं ६ (ख) – योगेन्द्रराज संगौला (एमाले) १२,८१२

विष्णुभक्त तिमिल्सिना (नेपाली काँग्रेस) ७,९१४

काठमाडौं ७ (क) – वसन्तप्रसाद मानन्धर (एमाले) ८,८००

विजय बहादुर माली (नेपाली काँग्रेस) ८,७६६

काठमाडौं ७ (ख) – प्रकाश श्रेष्ठ नेपाल (एमाले) ६,०२२

धर्मराज अर्याल (नेपाली काँग्रेस) ५,३०२ 

काठमाडौं ८ (क) – राजेश शाक्य (एमाले) ७,७८०

राज्यलक्ष्मी श्रेष्‍ठ (नेपाली काँग्रेस) ६,१७६

काठमाडौं ८ (ख) – अष्‍टलक्ष्‍मी शाक्‍य (बोहोरा) (एमाले) ५,१६९

देवरत्‍न डंगोल (नेपाली काँग्रेस) ३,६६९

काठमाडौं ९ (क) – अजय क्रान्‍ित शाक्‍य (एमाले) ९,५३१

इन्द्रमान तुलाधर (नेपाली काँग्रेस) ७,१९३

काठमाडौं ९ (ख) – केशवप्रसाद पोखरेल (एमाले) १२,१५६

धर्मराज गौतम (नेपाली काँग्रेस) ९,११०

काठमाडौं  १० (क)– पुकार महर्जन (नेपाली काँग्रेस) १४,७२९

दिलिप महर्जन (माओवादी केन्द्र) १३,७१७

काठमाडौं  १० (ख) – रमा आले मगर (एमाले) ९,९०३ 

धर्मनन्‍द श्रेष्‍ठ (नेपाली काँग्रेस) ७,०१७

मकवानपुर

(प्रतिनिधिसभा तर्फ)

मकवानपुर १– कृष्णप्रसाद दाहाल (एमाले) ४०,६३१

कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३४,६५८

मकवानपुर २ – विरोध खतिवडा (एमाले) ४६,४८१

महालक्ष्मी उपाध्याय (डिना) (नेपाली काँग्रेस) ३४,०९०

(प्रदेशसभा तर्फ)

मकवानपुर १ (क) – प्रेमबहादुर पुलामी (माओवादी केन्द्र) २१,६२९

धर्मराज लामिछाने (नेपाली काँग्रेस) १८,७७५  

मकवानपुर १ (ख) – डोरमणि पौडेल (एमाले) २०,७०३

अशोकराज शाक्य (नेपाली काँग्रेस) १६,५८१

मकवानपुर २ (क) – कुमारी मुक्तान (माओवादी केन्द्र) २७,१४३

यतीराज सापकोटा (नेपाली काँग्रेस) १४,१२५

मकवानपुर २ (ख) – ईन्द्र बहादुर बानियाँ (नेपाली काँग्रेस) १९,२४५

राजाराम स्याङ्तान (एमाले) १७,८३४

चितवन

(प्रतिनिधिसभा तर्फ)

चितवन १ – सुरेन्द्र प्रसाद पाण्डे (एमाले) ५१,०८०

राजेन्द्र प्रसाद वुर्लाकोटी (नेपाली काँग्रेस) ३५,३६०

चितवन २ –कृष्णभक्त पोख्रेल (एमाले) ४४,६७०

शेषनाथ अधिकारी (नेपाली काँग्रेस) २७,३१४

चितवन ३ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ (माओवादी केन्द्र) ४८,२७६

विक्रम पाण्डे (राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक) ३८,९३५

(प्रदेशसभा तर्फ)

चितवन १ (क) – दावा दोर्जे लामा (एमाले) २३,०२३

धनबहादुर गुरुङ (नेपाली काँग्रेस) १५,९९४

चितवन १ (ख) – कृष्णप्रसाद शर्मा खनाल (एमाले) २७,२३३

उत्तम प्रसाद आचार्य (नेपाली काँग्रेस) १८,५११

चितवन २ (क)– घनश्याम दाहाल (माओवादी केन्द्र) २०,३८१

जीत नारायण श्रेष्ठ (नेपाली काँग्रेस) १५,६६३

चितवन २ (ख)– विजय सुवेदी (एमाले) २१,५७२

प्रकाश अधिकारी (नेपाली काँग्रेस) १२,६७०

चितवन ३ (क) – कृष्णप्रसाद भुर्तेल (एमाले) २४,७८५

दिनेश कोइराला (नेपाली काँग्रेस) २३,०४५

चितवन ३ (ख)– रामलाल महतो (माओवादी केन्द्र) २५०६१

साजन कुमार महतो (नेपाली काँग्रेस) १५,९४५ 

सिन्धुली

(प्रतिनिधिसभा तर्फ)

सिन्धुली १– गणेश कुमार पहाडी (एमाले) ३१,५२९

प्रेमचन्द्र दाहाल (नेपाली काँग्रेस) २२,३८९

सिन्धुली २ – हरिवोल प्रसाद गजुरेल (माओवादी केन्द्र) ३०,१७९

नरेन्द्रजंग थापा (नेपाली काँग्रेस) १९,१२७

(प्रदेशसभा तर्फ)

सिन्धुली १ (क)– लेखनाथ दाहाल (माओवादी केन्द्र) १६,५२४

गंगा प्रसाद गिरी (नेपाली काँग्रेस) ११,००९

सिन्धुली १ (ख) – प्रदिप कुमार कटुवाल क्षेत्री (केसी) (एमाले) १६,६१२

श्‍याम कुमार घिमिरे (नेपाली काँग्रेस) ११,९५५

सिन्धुली २ (क)– विनोद कुमार खड्का (एमाले) १७,३६६

माणिक कुमार ढकाल (नेपाली काँग्रेस) ९,८५८ 

सिन्धुली २ (ख)– बुद्धिमान माझी (माओवादी केन्द्र) १३,७४९

छेत्र बहादुर बम्जन (नेपाली काँग्रेस) ८,५२३

सिन्धुपाल्चोक

(प्रतिनिधिसभा तर्फ)

सिन्धुपाल्चोक १ – अग्निप्रसाद सापकोटा (माओवादी केन्द्र) ४०,५०४

मोहन बहादुर बस्नेत (नेपाली काँग्रेस) २९,७९८

सिन्धुपाल्चोक २ – शेरबहादुर तामाङ (एमाले) ३८,४०१

पशुपति शम्शेर जबरा (राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक) ३०,३६९

(प्रदेशसभा तर्फ)

सिन्धुपाल्चोक १ (क) – अरुणप्रसाद नेपाल (एमाले) २१,७१२

बिष्णु बहादुर खत्री (नेपाली काँग्रेस) १४,६३३

सिन्धुपाल्चोक १ (ख) – सरेश नेपाल (एमाले) २२,८३७

राजेन्द्र कुमार श्रेष्‍ठ (नेपाली काँग्रेस) १२,१८७

सिन्धुपाल्चोक २ (क)– युवराज दुलाल ‘शरद’ (माओवादी केन्द्र) २०,६८७

विकाश तामाङ (नेपाली काँग्रेस) १३,५२१

सिन्धुपाल्चोक २ (ख)– निमा लामा (नेपाली काँग्रेस) १८,९०५

दावा तामाङ (माओवादी केन्द्र) १८,७०८

भक्तपुर

(प्रतिनिधिसभा तर्फ)

भक्तपुर १ – प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ३३,०७६

बाबुराजा जोशी (नेपाली काँग्रेस) १७,८१८

भक्तपुर २ – महेश बस्नेत (एमाले) ३६,४१२

दमननाथ ढुङ्गाना (नेपाली काँग्रेस) १८,६८७

(प्रदेशसभा तर्फ)

भक्तपुर १ (क) – हरिशरण लामिछाने (एमाले) १२,७८९

जीवन खत्री (नेपाली काँग्रेस) ९,९७७

भक्तपुर १ (ख) – सुरेन्द्रराज गोसाई (नेपाल मजदुर किसान पार्टी) २३,८८५

रोमन शिलाकार (माओवादी केन्द्र) ८,०६३

भक्तपुर २ (क) – शशीजङ्ग थापा (एमाले) १९,५१५

अंगत खड्का (नेपाली काँग्रेस) ९,११५

भक्तपुर २ (ख)– राजेन्द्रमान श्रेष्‍ठ (एमाले) १४,२२९

गणेशमान चक्रधर (नेपाली काँग्रेस) ११,५३८

नुवाकोट

(प्रतिनिधिसभा तर्फ)

नुवाकोट १ – हितबहादुर तामाङ (माओवादी केन्द्र) ३६,४७३

डा.रामशरण महत (नेपाली काँग्रेस) २७,९२०

नुवाकोट २ – नारायण प्रसाद खतिवडा (एमाले) ३६,८९२

अर्जुन नरसिंह केसी (नेपाली काँग्रेस) २६,३३५

(प्रदेशसभा तर्फ)

नुवाकोट १ (क) – राधिका तामाङ (माओवादी केन्द्र) १८,१३७

महेन्‍द्र थिङ (नेपाली काँग्रेस) १३,३६८

नुवाकोट १ (ख)– बद्री मैनाली (एमाले) २०,५०९

रमेश कुमार महत (नेपाली काँग्रेस) १२,२१७

नुवाकोट २ (क) – केशवराज पाण्डे (एमाले) २०,००९

जगदिश्‍वर नरसिंह केसी (नेपाली काँग्रेस) १२,७२९

नुवाकोट २ (ख) – हिरानाथ खतिवडा (माओवादी केन्द्र) १७,०६२

जगत बहादुर तामाङ (नेपाली काँग्रेस) १४,०५२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप