बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म नखेल्ने शर्तमा गुलजारले राखीसँग गरेका थिए विवाह, एउटा घटनाले सम्बन्धविच्छेद नगरी अलग बस्न थाले

सोमबार, ३० साउन २०७९, ११ : ४८
सोमबार, ३० साउन २०७९

राखी गुलजार .... एक यस्ती अभिनेत्री जसले आफ्नो अभिनयले मानिसहरुलाई आकर्षित गर्ने गर्थिन् । उनको अभिनय यस्तो शानदार थियो कि प्रशंसा नगर्ने सायदै कोही थिए । नीजि जीवन पनि कुनै फिल्मी कथाभन्दा कम थिएन । १६ वर्षके उमेरमा पहिलो विवाह, जुन दुई वर्ष मात्रै चल्न सक्यो । त्यसपछि उनले आफ्नो पूरा ध्यान आफ्नो करियरमा दिइन् र ७० को दशककी शीर्ष नायिकाको सूचीमा समावेश भइन् । यति नै बेला उनको विवाह गुलजारसँग भयो तर यो प्रेमकथा पनि पूरा हुन सकेन र छोरी जन्मिएको एक वर्षपछि नै उनीहरु अलग बस्न थाले तर कहिल्यै सम्बन्धविच्छेद भने गरेनन् ।

१६ वर्षको उमेरमा गरेकी थिइन् फिल्म निर्देशकसँग विवाह

राखीको जन्म भारतको स्वतन्त्रताको केही घण्टापछि १५ अगस्ट सन् १९४७ मा पश्चिम बंगालको नदिया जिल्लाको राणाघाटमा एक बंगाली परिवारमा भएको थियो । १६ वर्षको उमेरमा नै राखीको विवाह पत्रकार–फिल्म निर्देशक अजय विश्वाससँग भएको थियो । उनीहरुको यो विवाह २ वर्षसम्म चल्यो ।

बंगाली फिल्मबाट गरेकी थिइन् अभिनयमा डेब्यू

विवाह टुटेपछि राखीले आफ्नो फिल्मी संघर्ष जारी राखिन् । सन् १९६७ मा २० वर्षकी राखीले बंगाली फिल्म बोधु बोरनबाट अभिनयमा डेब्यु गरिन् । राखी सन् १९७० मा राजश्री प्रोडक्सनको फिल्म जीवन मृत्युमा देखिएकी थिइन् । यो फिल्मको मुख्य भूमिकामा धर्मेन्द्र थिए ।

राखीले एकपछि अर्को हिट फिल्ममा साइन गरिन् । यतिबेला उनको भेट चर्चित सङ्गीतकार गुलजारसँग भयो । राखीमा मल्टिट्यालेन्टेड व्यक्तित्व थियो र यही कुरा गुलजारलाई मनपर्यो ।

गुलजारसँग विवाह गरेपछि भएकी थिइन् फिल्मी दुनियाँबाट टाढा

सन् १९७३ मा राखी र गुलजारले विवाह गरेका थिए र त्यसपछि राखी, राखी गुलजार भइन् । यसै वर्ष राखीले छोरी मेघना गुलजारलाई जन्म दिइन् । तर यो सुन्दर सम्बन्ध पनि केही महिनामा नै टुट्यो । भारतीय सञ्चार माध्यमका अनुसार गुलजारले ‘विवाह पछि राखीलाई फिल्ममा काम गर्न पाउँदिनौँ’ भनेका थिए । गुलजारको यो कुरा मानेर राखी फिल्मी दुनियाँबाट टाढिइन् ।

त्यतिबेला गुलजारले थुप्रै ठूला फिल्ममा काम गरिरहेका थिए । गुलजारले कुनै न कुनै फिल्ममा उनलाई साइन गराउनेछन् भन्ने राखीलाई आशा थियो तर उनले यसो गरेनन् । दिनभरी घरमा बस्दा बस्दा उनी वाक्क भइसकेकी थिइन्, त्यसैले पनि उनी फिल्ममा फिर्ता हुन चाहन्थिन् । विवाह टुट्नुको पछाडि यो पनि कारण थियो । यस्तै कुरामा राखी र गुलजारबीच झगडा हुन थाल्यो ।

फिल्म ‘आँधी’ को सेटमा भएको एक घटनाले दुबै अलग्गिए

किस्सा यस्तो पनि छ । फिल्म ‘आँधी’ का लागि राखी, गुलजार सँगै कश्मीर गएका थिए । एकदिन गुलजार फिल्म स्टार सञ्जिव कुमार र सुचित्रासँग बसिरहेका थिए । सञ्जीवले असाध्यै रक्सी पिए र सुचित्रासँग नजिकिन थाले । कुरा त्यतिबेला बढ्यो जब नशामा सञ्जिवले सुचित्राको हात समाते । सुचित्रा असाध्यै रिसाइन्, त्यसैले गुलजारले उनलाई छोड्न होटलमा उनको कोठासम्म गए । सुचित्रासँग बसेर गुलजारले उनको रिस शान्त पार्न खोजे । जब गुलजार कोठाबाट बाहिर निस्किए तब राखी ढोकामा उभिएको देखे  । यति राती श्रीमानलाई सुचित्राको कोठाबाट बाहिर आएको देखेर उनी रिसाइन् । त्यसपछि यी दुईबीच धेरै झगडा भयो । राखी यति रिसाइन् कि उनले फिल्म ‘कभी–कभी’ साइन गरिन् । गुलजार उनीसँग धेरै नै रिसाए र यी दुई अलग्गिने निर्णय गरे ।

गुलजारसँग अलग भएपछि पनि थुप्रै हिट फिल्ममा गरिन् काम

गुलजारसँग अलग बस्न थालेपछि राखी पुनः फिल्ममा सक्रिय भइन् र उनले थुप्रै हिट फिल्ममा काम गरिन् । यसमा ‘कभी–कभी, कसमे वादे, त्रिशुल, मुकद्दर का सिकंदर, दुसरा अदमी, जुर्माना, काला पत्थर’जस्ता फिल्म समावेश छन् । ४ दशकको करियरमा राखीले ३ फिल्मफेयर अवार्ड र १ नेशनल अवार्ड पाएकी छिन् ।

 अलग भएपनि राखी र गुलजारले सम्बन्धविच्छेद भने गरेका छैनन् । राखीले एक अन्तरवार्तामा यसबारे कुरा गर्दै भनेकी थिइन्, ‘म र गुलजार साहब सधैँ एक–अर्काका लागि उपस्थित हुन्छौँ । गुलजार साहब अहिले पनि मलाई आफ्नी श्रीमती ठान्नुहुन्छ र अहिले पनि मेरो हातले बनेको खाना खान मन पराउनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप