बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम लिएर फरार युवक पक्राउ

सोमबार, ३० साउन २०७९, १२ : ३३
सोमबार, ३० साउन २०७९

नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम ठगी गरेर फरार एक युवक पक्राउ परेका छन् ।  खोटाङ बाह्रपोखरी ५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन् ।  राईले रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ हाल काठमाडौंको नागार्जुैन बस्ने २७ वषीएय निमा तामाङ लगायत १६ जनालाई नेदरल्यान्डको भिसा लगाइदिने भन्दै रकम ठगी गरेका थिए । 

राईले उनीहरुबाट प्रतिव्यक्ति १६ लाख रुपैयाँ उठाएको प्रहरीले जानकारी दिएको छ ।  विदेशमा पानीजहाजमा काम लगाई मासिक ७५ हजार तलब हुने प्रलोभन देखाई १६ जनाबाट १ करोड ३६ लाख रुपैयाँ लिएर वेपत्ता भएका राईलाई काठमाडौं उपत्यका  अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ गरेका राईमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप