विभिन्न स्थानमा अवैध लागूऔषधसहित ५ जना पक्राउ

person explore access_timeसाउन ३०, २०७९ chat_bubble_outline0

सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापा रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।  सिरहाको औरही गाउँपालिका–१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 



भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ । 



इलाका प्रहरी कार्यालय मलवार र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट १२० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० बस्ने २५ वर्षीय आशिस शाही छन् । उनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।