‘मेरो डान्स कप र भ्वाइस कप युएसए’ को उपाधि रेणुका र प्रवीणलाई
‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’ को उपाधि रेणुका राई र प्रवीण बर्देवाले जितेका छन् । अमेरिकाको कोलम्बस शहरमा आइतबार आयोजना भएको फाइनल मारेनुका ‘मेरो डान्स कप युएसए ४’ र प्रवीण ‘मेरो भ्वाइस कप २’ को विजेता बनेका हुन् ।
दुबै विजेताले उपाधिका साथमा जनही १० हजार डलर पुरस्कार र टोयोटा र्याभ फोर गाडी प्राप्त गरे । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा आयोजित प्रतियोगितामा ‘मेरो डान्स कप’ तर्फ फस्ट रनरअप आयुषा समाल, सेकेन्ड रनर अप सुमिका तामाङ चुनिँदा ‘मेरो भ्वाइस कप’ तर्फबाट फस्ट रनरअप करण तामाङ र सेकेन्ड रनर अपको उपाधि शितल शर्माले हात पारे ।
दुबै विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले पुरस्कार प्रदान गरे । शोमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायकहरू नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्रस्तुति दिएर दर्शकलाई नचाएका थिए ।
यस्तै, कार्यक्रममा कलाकारहरु सारङ्गा श्रेष्ठ, दिलीप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए । शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरुको प्रतिस्पर्धा थियो । इन्ट्रा फाउन्डेसनले आउँदो वर्षदेखि ‘मेरो डान्स यूनिभर्स’ र ‘मेरो भ्वाइस यूनिभर्स’ को आयोजना गर्दैछ । जहाँ, विश्वभर छरिएर रहेका नेपालीहरुले भाग लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण